सुनसान भयो प्रदीप गिरिको आश्रम, हामी अभिभावकविहीन भयौ -सहयोगीहरु

  • भदौ ६, २०७९
  • कालापानी मिडिया
alt

लहान । लहान । दिउँसो १ बजेको टन्टलापुर घामलाई छिचोल्दै सिरहाको बस्तीपुर पुग्दा गाउँमा सन्नाटा छाएको थियो । लहान बजारदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको बस्तीपुर काँग्रेस नेता प्रदीप गिरिको गाउँ शोकमा डुबेको थियो । कोही राम्ररी बोल्न सक्ने अवस्थामा थिएनन् । उनीहरुका आँखा ओभाना थिएनन् ।

समाजवादी चिन्तक स्व गिरिको पुख्र्यौली घर पुग्दाँ ढोका बन्द थियो । उनको पैतृक घर जीर्ण अवस्थामा थियो । उक्त पक्की घर गिरिका बुवा स्व। मित्रलाल गिरिले बनाएका हुन् । घरको माथिल्लो भागमा बिरुवासमेत उम्रिएका छन् । सबै आफन्त राजधानी काठमाडौँ र विराटनगरमा बस्न थालेपछि पैतृक घर जीर्ण बनेको गाउँलेले बताए । “दाजुभाईहरु धेरै पहिलादेखि नै बाहिरै बस्न थाल्नुभएको छ”, स्थानीय चेतबहादुर भुजेलले भने, “घरको स्याहार गर्ने कोही हुनुहुन्न, उहाँका आफन्तहरुले पनि धेरै पहिला नै गाउँ छोडिसक्नुभएको छ ।”

1661095717_Dalan-

पुख्र्यौैली घरमा स्व। गिरिकी बहिनी डा। मन्जुला गिरि कहिले काँही आएर बस्ने गरेको उनले बताए । “घरको स्याहार हुन सकेको छैन”, भुजेलले भने ।  पञ्चायतकालमा गाउँको पञ्चायत गर्न स्व गिरिका बुवा मित्रलालले बनाएको ऐतिहासिक कचहरी घर संरक्षणको पर्खाइमा छ । स्व गिरिले पैतृक घर छाडेर गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए । कुनै बेला गाउँका नेता कार्यकर्ताको बाक्लै उपस्थिति रहने उक्त आश्रममा आज दिउँसो पुग्दा सुनसान थियो ।

202208211632-8a21d603-fb87-47d7-badf-fd97bbc86408_medium (1)1661080558

सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित स्व गिरिले शान्त रुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै उक्त आश्रम बनाएको स्थानीयले बताए । मूल व्यक्ति नै सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएकाहरु शोकमा डुबेका थिए । शुभेच्छुक तथा नेता कार्यकर्ता स्व गिरिलाई श्रद्धाञ्जली दिन राजधानीतर्फ हिँडेका आश्रममा बस्दै आएका दीप परियारले बताए ।

“प्रदीप सर यहाँ हुँदा दिनहुँ भीड लाग्थ्यो । उहाँको निधनको खबर सुनेपछि यहाँका धेरै व्यक्ति गए राति नै राजधानी गइसक्नुभयो”, उनले भने, “उहाँ आएको खबर पाउने बित्तिकै गाउँले तथा विभिन्न पार्टीका नेता कार्यकर्ता भेट्न आश्रममा आउनुहुन्थ्यो ।” “अब हाम्रो बिजोग हुने भयो, हामी अभिभावक विहीन भएका छौँ”, आश्रमको रेखदेख गर्दै आएका रामकृष्ण चौधरीले भने, “पहिला भीडभाड बाक्लै हुन्थ्यो, तर प्रदीप दाई बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि आश्रममा आउनै छाडे ।”

करिब ६ बिघा क्षेत्रफलमा फैलिएको उक्त आश्रममा स्व गिरिले थुप्रै दलित तथा सुकुम्वासीलाई जग्गा दिएर बसाउनुभएको छ । इट्टाको पर्खाल र जस्ताले छाएको उक्त आश्रममा बसेर नै स्व गिरिले राजनीतिक र सामाजिक गतिविधि गर्दै आएको चौधरीले बताए । “प्रदीप दाईले आश्रमभित्रै बैठक कक्ष बनाउनुभएको छ । अब उहाँको निधनपछि आश्रमको भविष्य के हुन्छ भन्ने अन्यौलता बढेको छ ।”, उनले भने ।

202208211632-8a21d603-fb87-47d7-badf-fd97bbc86408_medium (1)1661080558

समाजवादी नेता गिरीले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सिराहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । नेता गिरीको शोकमा सिराहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले असल अभिभावक गुमाएकाले शोकमा बिदा दिने निर्णय भएको नगरप्रमुख महेश चौधरीले बताए। आफूहरूले मत दिएर जिताएका आफ्ना नेता एवं अभिभावक गिरीको उपचार काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि गाउँमा भजन कीर्तन गरेका थिए । गए राति नै उनको निधन भएको खबर सुनेपछि उनको जन्मस्थल र जिल्लाका स्थानीय शोकमग्न भएका छन् । –रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved