कार्यालयमै वडाध्यक्षमाथी हातपात

  • भदौ ७, २०७९
  • कालापानी मिडिया
alt

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि कार्यकक्षमा नै हातपात भएको छ। नेकपा एमालेका सचिव समेत रहेका वडाध्यक्ष सिग्देलमाथि एमालेकै जिल्ला सदस्य सानु लामा दोङले हातपात गरेका हुन्। कुटाइ खाएका वडाध्यक्ष सिग्देलले लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिइसकेका छन्।

सिग्देलले आफूमाथि हातपात भएको भन्दै कारवाही माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनले सिग्देलको उजुरी परेलगत्तै हातपात गर्ने लामाको घरमा प्रहरीले छापा मारेको बताए तर लामा फरार रहेको प्रहरी प्रवक्ता कार्कीको भनाइ छ। ‘उहाँहरूको पार्टीगत कुरा रहेछ। आफूमाथि हातपात भएकाले कारबाहीको माग गरेर वडाध्यक्षले उजुरी दिनुभएको छ। कुटपिट गर्ने लामालाई हामी खोजिरहेका छौं’,कार्कीले भने।

पिटाइ खाएका वडाध्यक्ष सिग्देलले आफूमाथि गलत काम भएको प्रतिक्रिया दिए। थाहाखबरसँग खुलेर बोल्न नचाहेका सिग्देलले भने, ‘ममाथि जे भयो गलत भयो। यति भन्छु, अरू धेरै कुरा गर्दिनँ।’ आफ्नै पार्टीको जिल्ला सचिव रहेका सिग्देललाई लामाले किन हातपात गरे भन्नेबारे अझै खुलेको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved