काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणि खनालले आफ्नो पार्टीलाई ६० सिट चाहिने बताएका छन् ।
“सिटको ठ्याक्कै संख्या म भन्न सक्दिनँ । तर बाबुराम भट्टराई र वामदेव गौतम पनि हाम्रै पार्टीको चुनाव चिह्नमा लड्ने भनेकाले अब माओवादी केन्द्रलाई ६० सिट चाहिन्छ । २०७४ मा पनि हामीले ६०–४० को भागबन्डा गरेकै हौं । छलफल चलिरहेको छ ।सहमति कायम गरेर जानुपर्छ । समाधानको निकट पुगेको छ । कार्यदलका साथीहरुले सिटको संख्या एक(दुईमा टुंगो लाग्छ भन्नुभएको छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने ।
निर्वाचनपछि को प्रधानमन्त्री हुने भन्ने कुरा निक्र्यौल भइनसकेको पनि उनले बताए । खनालले भने,” त्यो निर्वाचनपछिका कुरा हो । अहिले नै यो प्रधानमन्त्री हो भनेर हुँदैन । गठबन्धन गरिसकेपछि पावर सेयरिङ हुन्छ । त्यसलाई नयाँ शिराबाट सोच्न सकिन्छ । तर अहिलेको प्राथमिकता त्यो होइन । प्रमुख कुरा निर्वाचन जित्ने हो ।”
उनले नागरिकता विधेयकमा राष्ट्रपतिले लालमोहर नलगाए अर्को कसैले लगाउँने पनि बताए । उनले भने, “राष्ट्रपतिले नागरिकता विधेयकमा चासो लिने कुरा ठीकै छ । उहाँले फिर्ता पठाएपछि पनि संसद्मा छलफल गरेर पारित गरियो । अब पनि संवैधानिक विकल्प छ भने उहाँले प्रयोग गर्न सक्नुहुन्छ ।”
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले जघन्य अपराधमा आम माफी दिने कुरा नगरेको दाबी पनि खनालले गरे । उनले भने, कुनै सनकीलाई अहिले झोक चल्यो भन्दैमा पुरानो कुरा गरेर हुन्छ रु हत्या कहिले गर्यो, त्यो अहिलेको विषय होइन । पूर्वसहमति गरिएका विषयमा समाधान खोज्नुपर्यो । विधेयकलाई सदनमा राम्रो छलफल गरेर अघि बढाउनुपर्छ । कानुनै चाहिँदैन भन्दा समस्या पैदा गर्छ । त्यसरी मुलुक रहन्छ ?”
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved