भाजपा नेतृ सोनाली फोगटको हत्यामा संलग्न दुईजना पक्राउ

  • भदौ ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगटको हत्यामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

भाजपा नेतृ फोगाटको अगस्ट २२ मा पश्चिमी राज्य गोवा भ्रमणका बेला मृत्यु भएको थियो। सुरुमा उनको हृदयाघातका कारण निधन भएको बताइएको थियो। तर, उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए।

उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप लगाएका छन् । उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरेका छन्। परिवारले पत्रकारहरूलाई फोगटले उनको मृत्यु हुनुभन्दा केही समयअघि उनीहरूसँग कुरा गरेको बताएको छ। उत्तर भारतीय राज्य हरियाणाकी उनी सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाकी सदस्य हुन्।

उनी भाजपाका तर्फबाट सन् २०१९ मा राज्य विधानसभाको निर्वाचनमा उठेकी थिइन् तर उनी पराजित भएकी थिइन्। राजनीतिक जीवनका साथसाथै उनले भारतको मनोरञ्जन उद्योगमा पनि आफ्ना पाइला राखेकी थिइन्। उनी टेलिभिजन रीयालिटी शो बिग बोसकी चर्चित प्रतिस्पर्धी थिइन्।

त्यसका अतिरिक्त फोगट भूतपूर्व टिकटक स्टार पनि हुन्। उनले क्षेत्रीय चलचित्रहरू, टेलिचलचित्रहरू र वेब सिरीजहरूमा अभिनय पनि गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved