काठमाडौं । मोडर्न कन्या कलेजले रमाइलो तीज-२०७९ मनाएको छ । कलेजले शनिबार चर्चित कलाकार गायिका र नायिकाहरुको उपस्थितिमा भव्य र सव्य रूपमा तीज कार्यक्रम मनाएको हो ।
कार्यक्रममा नायिका सन्चिता लुइँटेल, नायिका रिस्ता अधिकारी, मोडल तथा एइना सैलुनकि अध्यक्ष खुशी पाठक ,चर्चित गायिका अन्जु गौतम, मोडल प्रतिक्षा पुरी, चर्चित कवि रन्जना निरौला, नेतृ सरस्वती केसी अधिकारी, प्रा अन्जु कार्की लगायत प्राध्यापक, डाक्टर, इन्जिनियर, समाजसेवी रकलेज संग सम्बद्ध महिला दिदी बहिनीहरुको उपस्थिति रहेको थियो। प्रा आर्किटेक्ट मधुरा कार्किले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
तीज गीत नाच अतिरिक्त पनि प्रा डा आर्किटेक्ट मधुरा कार्की , नायिका सन्चिता लुइँटेल , नायिका रिस्ता अधिकारी , मोडल खुशी पाठक ,गायिका अन्जु बस्नेत , नेपाल पूजीबजार लगानी कर्ता सङ्गकी अध्यक्ष राधा पोख्रेल , नेत्री सरस्वती केसी पृन्सीपल सविन पोख्रेल ,कलेजका अध्यक्ष डाक्टर रामप्रसाद दाहाल लगायतले तीज पर्वको महिमा तीजका गीत र सङ्गीनी गीतहरुको बारेमा प्रकाश परेका थिए।
कार्यक्रममा कलेज बुलेटिन बिमोचन गरिएको थियो । कार्यक्रमको सभापतित्व संचारकर्मी राधिका जोशीले गरेकी थिइन भने भने उद्घघोषण भाइस पृन्सिपल कल्पना खनालले गरेकी थिइन ।
सो कार्यक्रममा छात्राहरू निकिशा श्रेष्ठ , रेनुका कडेल अन्जु श्रेष्ठ , रिशिमा भण्डारी ,मुक्ता प्रधानले पाहुनाहरुलाई खादा र क्लिप लगाएर स्वागत सम्मान गरेका थिए ।
कार्यक्रममा सालिन भद्र गीतहरू प्रस्तुत गरिएको थियो। कार्यक्रम कलेज प्राङ्गणमा १२ बजे देखि ४ बजे सम्म चलेको थियो। कलेजले हरेक वर्ष यसरी नै कलेजका पूर्व विद्याथीहरुलाई समेत आमन्त्रीत गर्दै तीज कार्यक्रम मनाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved