दाङ । थारू समुदायको दोस्रो ठूलो पर्व अटवारी आज मनाइँदै छ।
दाङ सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत थारू समुदायको बसोबास रहेका जिल्लाका थारू समुदायमा कुशे औँशी पछिको पहिलो आइतबार यो पर्व मनाइन्छ। सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरूको कल्याण भएको मान्यता अनुसार सूर्यको पूजा आराधना गरि यो पर्व मनाइने परम्परा रहेको थारू समुदायको भनाइ छ।
यो पर्वमा पुरुषहरू मात्र व्रत बस्ने गर्दछन्। उनीहरूले गएराती दर पकाएर खाने र दिउँसो अनदी चामलको रोटी सहित ७ परिकार बनाउने गर्दछन्। त्यो परिकार ९ भोलि ९सोमबार० को दिन दिदीबहिनी, छोरी चेलीहरूको घरमा लगेर दिने गर्दछन्। तर, पछिल्लो समय आधुनिकता बढेसँगै यो परम्परा लोप हुँदै गएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved