काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेको एक निर्माणाधीन घरको ६ तला माथिबाट खसेर दुई जनाको ज्यान गएको छ ।
छतबाट खसेर भारतको बिहार घर भइ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सीकोला बस्ने १४ वर्षीय बालक र १४ वर्षीया बालिकाको ज्यान गएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
छतबाट खसेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएकोमा उपचारका क्रममा ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved