ललितपुर ३ बाट कांग्रेसका जितजंगसहित ४ जना सिफारिसमा

  • भदौ १८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतसहित चार जना सिफारिसमा परेका छन् ।

क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचनका लागि पहिलो नम्बरमा बस्नेतलाई राखेर मदन बहादुर अमात्य, धना खतिवडा र विजया केसी श्रेष्ठको नाम सिफारिस गरेको हो । बस्नेत, अमात्य र खतिवडा कांग्रेस केन्द्रीय सदस्य हुन् । केसी प्रदेशसभा सदस्य छिन् ।
ललितपुर(३ मा कांग्रेसका केन्द्रीय सदस्यद्वय बस्नेत र अमात्यबीच प्रतिस्पर्धा छ । उनीहरु दुबै संस्थापन पक्षका भए पनि एकअर्कालाई स्वीकार्ने पक्षमा छैनन् ।
यसपटक सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदा ललितपुर ३ कांग्रेसको भागमा परेमा टिकट पाउनका लागि बस्नेत र अमात्यबीच नै मुख्य प्रतिस्पर्धा हुने कांग्रेस नेताहरु बताउँछन् ।
तरुण दलका पूर्व अध्यक्षसमेत रहेका बस्नेतले यसपटकको निर्वाचनमा अरुका लागि नछोड्ने बताए ।पार्टी स्रोतका अनुसार बस्नेतलाई ललितपुर(३ मा निर्वाचनको तयारी गर्न पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् ।

अघिल्लो निर्वाचनमा ललितपुर ३ बाट माओवादी केन्द्रकी पम्फा भुसाल विजयी भएकी थिइन् । कांग्रेसका मदन अमात्य भुसालसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved