काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले एकल रुपमा अगामी चुनाव लड्ने भएकै कारणले प्रदेश र प्रतिनिधिसभामा सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरिएको जनाएको छ ।
जिल्ला सचिव चटौतकाअनुसार प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र समानुपातिक (महिला) तर्फ देउवा पत्नी आरजु राणाको नाम सर्वसम्मत रुपले प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।
प्रदेश सभाका दुई वटा निर्वाचन क्षेत्रका क्षेत्रीय कमिटीले प्रतिनिति सभा सदस्यमा देउवाको नाम सर्वसम्मत रुपले सिफारिस गरिएको छ । प्रदेशसभा ‘क’ बाट जिल्ला पार्टी सभापति एवंम् परशुराम नगरपालिकाका पूर्वमेयर भीमबहादुर साउद र प्रदेशसभा ‘ख’ बाट सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम सर्वसम्मत रुपले सिफारिस गरिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved