ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता असोज दोस्रो साता हुने

  • भदौ १८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता असोज दोस्रो साता आयोजना हुने भएको छ ।

आयोजक ठमेल पर्यटन विकास परिषदले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवर्द्धन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।

प्रतियोगिता ९ देखि ११ असोजसम्म लैनचौरस्थित फुटबल मैदानमा हुने परिषदका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक प्रश्रय राजभण्डारीले बताए । प्रतियोगितामा ठमेल क्षेत्रका दुई टिमसहित काठमाडौं, पोखरा, धरान, चितवनलगायत देशभर मुख्य शहरका २० टिमको सहभागिता रहने आयोजकको भनाइ छ ।

४० वर्ष उमेर कटेका खेलाडीको सहभागीता रहने प्रतियोगितामा १० हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । टिम दर्ताको समयसीमा २ असोजसम्म रहेको छ । सेमिफाइनलसम्म ४० मिनेटको र फाइनल खेल ६० मिनेटको हुनेछ ।

विजेताले दुई लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

परिषदका अध्यक्ष भविश्वर शर्माले खेलकुद क्षेत्रलाई पर्यटनसँग जोड्दै ठमेल क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताए । हाल स्वदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गरिएपनि आगामी दिनमा विदेशी खेलाडीलाई समेत बोलाएर यस्ता प्रतियोगिता आयोजना गरिने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved