लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै, संसदको म्याद लम्ब्याउनु लज्जास्पद

  • भदौ १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।

चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै उनले राजीनामा दिन लागेका हुन् । अध्यक्ष लिङ्देनले आज सदनमा बोलेर राजीनामा दिने र अबदेखिका बैठकमा सहभागी नहुने बताएका छन ।

लिङ्देनले भने, ‘निर्वाचनको मिति घोषणापछि चुनावी सरकार गठन गर्नुपर्ने हो । यो सरकारले निष्पक्ष चुनाव गर्ने ग्यारेन्टी छैन । त्यसमाथि संसदको म्याद फागुनसम्म लैजानेगरी जसरी कानून नै संशोधन गर्न खोजिदैछ त्यो निर्लज्ज कुरा हो ।

मैले एक्लै रोक्न सक्दिन,त्यसैले राजीनामा दिने निष्कर्षमा पुगेको हुँ ।’ सरकारले संसदको म्याद फागुनसम्म रहनेगरी कानून संशोधन गर्न विधेयक पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved