राप्रपा र राप्रपा संयुक्त बीच आगमी बुधबार एकता घोषणा

  • फाल्गुन २४, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा र राप्रपा संयुक्त बीच केहीबेरमै एकताको सहमति पत्रमा हस्ताक्षर हुँदैछ । महाधिवेशनसम्म तीन जना अध्यक्ष रहने सहमतीमा राप्रपा र राप्रपा संयुक्तविच एकता हुन लागेको हो ।

कमल थापा नेतृत्वको राप्रपा तथा पशुपति सम्शेर राणा र डा‍। प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्त मिलेर राप्रपा बन्ने भएको छ । पार्टी एकतामा शनिवार नै हस्ताक्षर हुने राप्रपा स्रोतले जनाएको छ । एकतापछि राप्रपाले हिन्दुत्व र संवैधानिक राजतन्त्रलाई प्रमुख एजेन्डा मान्ने भएको छ । राप्रपाले उदारवादलाई आर्थिक नीति मान्ने भएको छ ।

त्यसै गरी सङ्घीयताको सट्टा सुदृढ स्थानीय शासनको पक्षमा राप्रपा उभिने भएको छ । यसअघि पनि राप्रपा एकताको प्रयास पटकपटक भएको थियो । तर नीति र नेतृत्व दुवैमा समस्या देखिँदै आएको थियो । जसको मूख्य कारक हो चुनाव चिन्ह । एकतापछि उपयुक्त निकायबाट महाधिवेशन अगावै चुनाव चिन्ह तय गर्ने सहमति भएसंगै दुई पार्टीविच एकता हुन लागेको राप्रपाका एक नेताले बताए ।

उनले भने, यसअघि हिजै शुक्रबार एकताको घोषणा गर्ने तयारी गरिए पनि छलफल नटुंगिएकाले आज दुइ पार्टी बीच एकताको हस्ताक्षर हुन लागेको हो । आगामी बुधबार एकता घोषणाको कार्यक्रम तय भएको छ । घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा आयोजना गरिने छ ।

दुई पार्टीबीच एकता व्यवस्थापन गर्न एक समिति पनि बनाइएको जनाइएको छ । उक्त समितिमा राप्रपाका तर्फबाट बरिष्ठ नेता दीपक बोहोरा, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री भास्कर भद्रा रहेका छन भने राप्रपा संयुक्तका तर्फबाट नेताहरु बिक्रम पाण्डे, श्याम तिम्सिना र ठाकुर शर्मा रहेका छन ।

केहीबेरमै एकता प्रकृयामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved