बेलायतको तेस्रो महिला प्रधानमन्त्री बनेकी लिज ट्रस को हुन् ?

  • भदौ २२, २०७९
  • कालापानी मिडिया
alt

लिज ट्रस औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेकी छिन् । महारानी एलिजाबेथ द्धितीयले स्कटल्यान्डस्थित बाल्मोरल कासलमा ट्रसलाई औपचारिक रूपमा पदबहाली गराएकी छन् । ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुन् । यसअघि दुई महिला मार्गरेट थ्याचर र टेरिजा मे बेलायतको प्रधानमन्त्री बनेका थिए ।

सोमबार मात्र ट्रस सत्तारुढ कन्जर्भेटिभको नेतृमा चयन भएकी थिइन् । देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नु नयाँ प्रधानमन्त्रीका लागि मुख्य चुनौती हुनेछ । किनकी चार दशकपछि बेलायतको मुद्रास्फीति सबैभन्दा उच्च छ ।

विवादबीच जुलाई महिनामा मन्त्रिपरिषद्का सदस्यहरूले एकपछि अर्को राजीनामा दिएपछि बोरिस जोनसनले पद त्याग्न बाध्य भएका थिए । जोनसनले पदत्याग गर्ने घोषणा गरेपछि नयाँ नेतृत्व छनोट गर्न सात साता लामो प्रक्रिया चलेको थियो ।

नयाँ नेतृत्वका लागि सुरुमा ११ जनाले प्रतिस्पर्धा गरेका थिए । कन्जर्भेटिभ पार्टीका सांसदहरूले गरेको मतदानबाट प्रतिस्पर्धाको अन्तिम चरणमा ट्रस र सुनक छानिएका थिए । उनीहरूमध्ये एक जनालाई छान्न टोरी पार्टीका १ लाख ६० हजारले मतदान गरेका थिए । अधिकांश सांसदहरूको समर्थन सुनकलाई भए पनि पार्टीका सदस्यहरूले ट्रसलाई बढी रुचाएको विभिन्न मतसर्वेक्षणहरूले देखाएका थिए ।

विभिन्न मन्त्रालयको पद सम्हालेकी ट्रस एक वर्षअघि विदेशमन्त्री बनेका थिइन् । उनले आफ्नो राजनीतिक यात्रा दक्षिणपन्थी कन्जरभेटिभमा लाग्नुअघि मध्यमार्गी लिबरल डेमोक्र्याटको सदस्य बनेकी थिइन् । सन् २०१६ मा उनले बेलायत युरोपियन युनियनमा रहनको लागि अभियान चलाइन् तर बेलायतीहरूले ब्रेजिक्टलाई समर्थन गरेपछि कित्ता परिवर्तन गरिन् ।

सन् २०१० मा संसदमा मात्र निर्वाचित भएकी ट्रस अपेक्षाकृत छोटो अवधिमा आफूलाई एक राजनीतिक शक्तिको रूपमा स्थापित गरिन् । उनले आफ्नो एजेन्डालाई अथक जोस र स्पष्ट उत्साहका साथ अगाडि बढाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved