राप्रपा अध्यक्ष लिङ्देनले गरे जन्मदिनमा रक्तदान

  • भदौ २२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । जन्मदिन मनाउने आ–आफ्नो तरिका हुन्छन् । कसैले केक काटेर मनाउछन् त कसैले आफन्त शुभचिन्तक बोलाएर पार्टी भोज गरेर मनाउछन् । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७औँ जन्मदिन रक्तदान गर्दै र रुद्रक्षको विरुवा रोपेर मनाएका छन् ।

FcCP8jJaMAIKo3s

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा गई अध्यक्ष लिङदेनले रक्तदान गरेको केन्द्रको उनको स्वकिय सचिव छत्र कठायतले जानकारी दिए । रक्तदानपछि अध्यक्ष लिङ्देनले आफूले हरेक जन्मदिनमा रक्तदान गर्ने गर्दै आएको समेत बताएका छन् । उनले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्न पाउँदा आनन्दित भएको बताएका छन् । रक्तदानले रगत पाउने व्यक्तिलाई निको भइरहेको आफुलाई पनि फाइदा भइरहेको उनको भनाई थियो ।

Capture

रक्तदान पछि अध्यक्ष लिङदेन पार्टी कार्यालयमा आफ्नो जन्मदिन मनाउन आएका कार्यकर्ता भेटघाट गर्न पुगेका थिए । त्यहाँ उनले रुद्राक्षको बिरुवा रोपेर शुभकामना आदान प्रदान गरे । उनले जन्मदिनमा केक नै काटेर जन्म दिन मनाउनु पर्छ भन्ने प्रविति उचित नभएको बरु त्योो फजुल खर्चलाई कतै सहयोगका रुपमा प्रयोग गर्न सकिने धारणा राखे ।

c

यसबाट स्पस्ट हुन्छ हिन्दुराष्ट्रको एजेन्डा बोकेको पार्टीका अध्यक्ष लिङदेन कसरी आफ्नो धर्म संस्कृति जोगाउने र समाजमा सुशासन कायम राख्ने भन्नेमा सजग छन् । यसरी नै हरेक राजनीतिक दलका नेता र सामाजिक क्षेत्रका अगुवाले आफ्नो जन्मोत्सवमा रक्तदान तथा, समाजीक कार्य गरेमा पक्कैपनि समाज परिवर्तन हुन समय लाग्ने थिएन कि ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved