रुसले कब्जा गरेका दर्जनौँ गाउँ फिर्ता लिएको युक्रेनको दाबी

  • भदौ २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । रुसले कब्जा गरेको खार्किभ क्षेत्रभित्रका ३० वटा ठाउँका दर्जनौँ गाउँ फिर्ता ल्याएको युक्रेनले दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले खार्किभको एक हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता गरेको र ५० किलोमिटर अघि बढेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

युक्रेनले अब रुसलाई अन्य क्षेत्र कब्जा गर्न नदिने र उसले कब्जा गरेको भूमि फिर्ता गर्ने अभियान चलाएको घोषणा गरेको छ । खार्किभमा अपेक्षा गरेभन्दा छिटो सफलता मिलेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

समाचारको पुष्टि गर्न युक्रेनले पत्रकारलाई प्रवेश अनुमति दिएको छैन । सरकारी अधिकारीहरूले खार्किभमा युक्रेनी झण्डा फहराउँदै गाडी कुदेको र युक्रेनी सैनिकले खुसीयाली मनाएको भिडियो पोस्ट गरेका छन् । युक्रेनी सेना एक रेलमार्गको नजिकै पुगेका छन्, रेलमार्ग कब्जा गर्न सकेमा रुसी सेनाको बन्दोबस्तीका सामान ढुवानी हुन नपाउने र उनीहरू थप समस्यामा पर्ने देखिएको खबरमा उल्लेख छ ।

अमेरिका र युरोपका सहयोगीले दिएका अत्याधुनिक हतियार तथा युक्रेनी सेनाको बढ्दो मनोबलका कारण ठाउँ–ठाउँबाट शत्रुलाई लखेट्न सफलता मिलेको युक्रेनी राष्ट्रपतिको भनाइ छ । तर रुसले भने पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा पुनः ठूलो सङ्ख्यामा सेना तैनाथ गरेको छ । युक्रेनको दाबीलाई अस्वीकार गर्दै रुसले खार्किभमा आफ्नो सेनाको कब्जा यथावत् रहेको र थप सैनिक परिचालन गरिएको जनाएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved