फाइल फोटो
काठमाडौं । शुक्रबार राति देखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठुलो क्षति गरेको छ ।
करिब डेढ दर्जन घरहरू बगेका छन् भने हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै, लास्कु खोलाको बीचमा फसेका एक जनाको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।उद्धार कार्यका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । अविरल वर्षाले बंगाबगडको दशरथनगर स्कुलसँगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको उनले बताए ।
दार्चुला टिकंर सडकमा पर्ने लास्कुखोला माथिको मोटर पुल बगाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved