मकवानपुरमा गर्जिने सिंह राजा !

  • भदौ २५, २०७९
  • कालापानी मिडिया
alt

राधिका जोशी,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपकबहादुर सिंह मकवानपुरका चर्चित नेता हुन् । उनको हरेक “मुस्कान”ले मकवानपुरमा चर्चा पाउने गर्छ । राप्रपा बृत्तमा “दिपक राजा, राजा साप”लगाएतको उपनामले चिनिएका उनी स्थापना कालदेखि नै राप्रपामा सक्रिय छन् ।

पार्टी हितका लागि थुप्रै संगठनमा सक्रिय रहेका दिपकबहादुर सिंह २०५४ सालमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा राप्रपाको तर्फबाट उम्मेदवार रहेका थिए। त्यसबखत उनी प्रत्यासी डोरमणि पौडेलसँग ६०० मतान्तरले पराजित भए।

त्यसपछि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ मा उम्मेदवारी दिएका सिंहले तत्कालीन एमालेका उम्मेदवार रहेका विरोध खतिवडासँग १५ सय मतान्तरले हार व्यहोरे। त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा उनी नेकपा एमालेका अनन्त पौडेलसँग दुई हजार मतान्तरले पराजित भए।

यसरी नै गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार सिंह थोरै मतान्तरले मात्रै पराजित भएका थिए। स्थानीय निर्वाचनमा पराजित भएपनि उनले ल्याएको मत र उनको लोकप्रियताले सबैको ध्यान केन्द्रित ग¥यो । विद्यार्थी जीवनदेखिकै र राजनीतिक जीवनमा पनि सहकर्मी रहेका तत्कालीन राप्रपा अध्यक्ष कमल थापाले राप्रपा त्यागेपछि उनले पाएको मतले हेटौंडा मात्रै होइन देशकै ध्यान तानेको थियो।

सानो पार्टीबाट उम्मदवार बनेका उनले हेटौंडामा लालकिल्लाको रुपमा रहेको एमालेलाई पछार्दै दोस्रो बनेका थिए। पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेकी मीना लामासँग उनको जीतको दूरीसमेत थोरै थियो। सिंह गठबन्धनकी उम्मेदवार लामासँग २५ सय मतान्तरले पारजित भए।

यो पराजयसँगै चार पटकको निर्वाचनमा पराजित भएका सिंह पाँचौँपटक ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचन मकवानपुर क्षेत्र नं. १ बाट राप्रपाका तर्फबाट एकल सिफारिसमा परेका छन्। पार्टीले सिंहलाई मकवानपुर क्षेत्र नम्बर १ का लागि एकल सिफारिस गरेपछि सिंहको गर्जन अब प्रतिनिधिसभा निर्वाचनमा हुने भएको छ। म मेरा मतदाताहरूको विश्वास तोड्दिन र कसैलाई बेइमानी पनि गर्न दिनेछैन भन्ने अठोटका साथ राजनीतिमा होमीएका सिंहलाई मकवानपुरे जनताको पनि राम्रै साथ सहयोग रहेको छ ।

२०४६ को बहुदलअघि राप्रपा मकवानपुरको पहिलो पार्टीको रूपमा रहेको थियो। बहुदल स्थापनापछि कम्युनिष्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपा कमजोर बन्दै गयो। त्यसयता मकवानपुरमा राप्रपाले आफ्नो उपस्थिति खासै राम्रोसँग देखाउन सकेको थिएन। तर, यस पटक भने सिंहले राप्रपाको उपस्थिति जनाउनेमा राप्रपा ढुक्क छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved