काठमाडौं। मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि तयारी गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा पछिल्लो दिनहरुमा आफ्नो निर्वाचन क्षेत्र गृह जिल्लाको गाउँहरुमा पुगेका छन् ।
शुक्रबार राति फेसबुकमा फोटोहरु सेयर गर्दै थापाले आफ्नो मकवानपुर क्षेत्र नंबर १ को गाउँहरुमा पुगेको जनाएका हुन् । थापाले मकवानपुरे जनताको साथ र समर्थन पाएको उल्लेख गर्दै आभार व्यक्त समेत गरेका छन् ।
बुधबार गृह जिल्ला पुगेका ६७ वर्षीय थापाले बिहीबार जिल्लाका नेता कार्यकर्ताहरु संगको भेटघाटमा मंसिर ४ गते हुने निर्वाचन आफ्नो राजनीतिक जीवनको अन्तिम निर्वाचन हुने र उक्त निर्वाचनमा विजयी हुने इच्छा व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved