काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको मन्त्री कार्कीले बताए ।
एकीकृत समाजवादी र जसपाले माओवादी र काँग्रेसले दम्भ देखाएको आरोप लगाउँदै आएका छन् । गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सिट बाँडफाँट गर्ने भनेता पनि अहिलेसम्म सहमति भने जुट्न सकेको छैन । दलहरूको आ- फ्नै अडानले गठबन्धनको पटक(पटक बसेको बैठकमा सहमति जुट्न नसकेको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved