कालीकोटमा उत्पादन भएका रैथाने बाली पालिकाले नै खरिद गरी बजारीकरण गर्ने

  • भदौ २६, २०७९
  • कालापानी मिडिया
alt

कालीकोट । कालीकोटमा लोपोन्मुख रैथाने बाली संरक्षण गर्न किसान जुटेका छन् । रैथाने बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् ।

जिल्लामा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् ।

झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्य रूपमा ती बाली उत्पादन हुने गर्दथ्यो । यसवर्ष एक रोपनी जग्गामा चिनुखेती गरेको खाँडाचक्र नगरपालिका– ११ स्थानीय जीवन गिरीले जानकारी दिए। परीक्षणका रूपमा यो वर्ष एक रोपनी जग्गामा खेती गरिएको उनको भनाइ छ । स्थानीय सरकारले पनि रैथाने बाली संरक्षणका लागि पहल थालेको छ ।

लोपोन्मुख रैथाने बाली संरक्षणका लागि नगरले आफ्ना नीति तथा कार्यक्रममै समेटेको तिलागुफा नगरपालिकाका मेयर शङ्करप्रसाद उपाध्यायले बताए। नगरभित्र उत्पादित रैथाने बाली नगरले नै खरिद गरी बजारीकरण गर्ने उनले बताए।

रैथाने बाली संरक्षणका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रम सुरु गरेको पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले जानकारी दिए । पलाँता क्षेत्रमा कोदो, चिनु, कागुनु, फापर, सिमी र आलु उत्पादन हुने र यी बालीलाई अब जिल्ला बाहिर निर्यात गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved