शेयर खरिद गर्दा कम्पनीको अवस्था बारे ध्यान दिनु पर्ने

  • भदौ २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । शेयर बजार लगानीकर्तासंघकि अध्यक्ष राधा पोखरेलले सेयर बजारको मापदण्डलाई देशको परिस्थिति, बजारको अवस्था र सरकारको दृष्किोण लगायत बिषयले प्रभावित पार्ने बताएकी छिन्।

मोडर्न कन्या मल्टिपल कलेज मिलन चौतारी भीमसेन गोला बानेश्वरद्वारा आयोजित शेयर बजार उतारचढाव बिषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष पोखरेलले नीति नियम कानूनका कारणका उत्पन्न हुने समास्याले सेयर बजारमा उतारचढाव आउने बताएकी हुन्।

यस्तै कार्यक्रममा अर्थब्यबस्थाका अध्ययनकर्ता डा. रामप्रसाद दाहालले सेयरपूजीका कुरामा धेरै ध्यान पुर्याउनु पर्ने बताए । उनले हचुवा र हल्का फूल्का बुझेर लगानी गर्दा डुब्ने डर हुने भन्दै कुन कम्पनीको शेयर किन्न खोजेको हो त्यो कम्पनीको आर्थिक अवस्था मोजुदा स्थितीको बारेमा बिस्तृत जानकारी लिनु उचित हुने बताए । कार्यक्रममा निकिशा श्रेष्ठ, रेनुका कडेल, चन्डिका चादनी, गङ्गा केसी, रविना राई लगायतले सेयर बजार सम्बन्धि जिज्ञासा राखेका थिए ।

कार्यक्रम पछि राधा पोख्रेलले आर्थिक क्षेत्रको अध्ययन अनुसन्धान लेखनमा कलेजका छात्राहरूलाई प्रेरणाप्राप्त होस भनेर प्रोत्साहन स्वरुप रु ५०००(पाँच हजार) नगद कलेजका अध्यक्ष डा रामप्रसाद दाहाललाई हस्तान्तरण गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved