सडकमा कांग्रेसी कार्यकर्ताको तामासा, लाठीचार्ज गर्ने अधिकार पाएका प्रहरी निरीह

  • भदौ २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक स्विकृत नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल विधार्थी संगठनका नेता कार्यकर्ता आइतबार इट्टा, लाठ्ठी र चिर्पटसहित सडकमा उत्रिए । प्रहरी र नेविसंघ कार्यकर्ताबीच झडपको स्थिती बन्यो। नेवि संघ कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्लादहन गरे। हातमा लाठी बोकेर हिँडेका नेविसंघका कार्यकर्ताले प्रहरीलाई लाठीचार्ज गर्दा कानूनले नै लाठीचार्ज गर्ने अधिकार दिएका प्रहरी भने निरीह भएर सरकारले दिएको लाठी लुकाएर बसिरहेका थिए ।

नेवि संघ कार्यकर्ताहरु आक्रामक बन्दै गरेका बेला फिल्डमा खटिएका प्रहरी भने आफै संयमित भइरहेका थिए। फिल्ड कमान्डरहरुले प्रहरीलाई रोकिरहेका थिए। सरकारको निर्णयको पक्षमा सत्तारुढ दलकै कार्यकर्ताहरु आन्दोलनमा निस्कनु स्वभाविक मानिदैन।

राष्ट्रपति भण्डारीले प्रतिपक्ष दलहरुलाई साथ दिएर नागरिकता विधेयक अड्काएको आरोप सत्तारुढ दल र उसका संगठनहरुको आरोप छ। तर सामान्य प्रदर्शनमा समेत बल प्रयोग गरिहाल्ने प्रहरी आइतबारको प्रदर्शनमा संयमित हुनुलाई स्वभाविक मान्न सकिँदैन। सरकारले प्रहरीलाई रोकेर आफ्ना कार्यकर्तालाई प्रतिपक्षीविरुद्ध कसरी प्रयोग गर्छन् भन्ने एउटा उदाहरण पनि हो। नेबिसंघ हालका गृह मन्त्री बालकृष्ण खाँण कुनैबेला अध्यक्ष रहेको संगठन पनि हो।

गृह मन्त्रीले कुनै समय नेतृत्व गरेको संस्था भएका हिसाबले संगठनका कार्यकताहरुमा जे गरेपनि न्यायसंगत हुने र त्यसले राजनीतिकरण पाउने सोच उनिहरुमा रहने सुरक्षा अधिकारीहरु बताउँछन्। ’हाम्रोजस्तो राजनीतिक शक्ति केन्द्रको बलियो हस्तक्षेप रहेको सुरक्षा संगठनमा प्रहरीले लाठ्ठी हान्नु अघि त्यो व्यक्ती कुन पार्टीको हो भनेर सोच्नुलाई अस्वभाविक मान्नु हुँदैन’, नेपाल प्रहरीका एक बहालवाल उच्च अधिकारी भन्छन्।

राष्ट्रघाती विधेयक भन्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयक स्वीकृत गर्न आनाकानी गरिरहेकी छिन् । उनले पहिलोपटक अस्विकृत गरेर फिर्ता पठाएकामा संसदले फेरी पास गरेर स्विकृतीका लागि राष्ट्रपतीलाई पठाएको हो। नेवि संघले बिहान प्रदर्शन गरेपछि त्यसको काउन्टरमा प्रतिपक्षी दल एमालेनिकट अनेरास्ववियुले अपरान्ह नागरिकता विधेयकको विरोध र राष्ट्रपति भण्डारीको समर्थनमा जुलुस निकालेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved