सुदूरपश्चिममा घर बिक्रिको कागज थमाउदै सरकारी आवास सुविधा लिदै यी सांसद

  • भदौ २६, २०७९
  • कालापानी मिडिया
alt

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य मालामती रानाले प्रदेश राजधानीमै घर भएर पनि आवास सुविधा लिएको भन्दै आलोचना भएपछि २०७५ को फागुनदेखि प्रदेशसभाबाट आवास सुविधा बापतको रकम लिइनन् ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको सेवासुविधा सम्बन्धी ऐन २०७५ अनुसार प्रदेश राजधानीमा घर भएका पदाधिकारी तथा सदस्यलाई आवास सुविधा नदिइने व्यवस्था छ । उक्त व्यवस्था विपरीत आवास सुविधा लिएकी रानाले आलोचनापछि २०७५ फागुनमा आवास सुविधा बापतको रकम नलिएकी हुन् । तर प्रदेशसभा सचिवालयदेखि करीब डेढ किलोमिटरको दूरीमा पर्ने धनगढी उपमहानगरपालिका–८ मा घर हुँदाहुँदै पनि रानाले फेरी आवास सुविधा लिन थालेको पाइएको छ ।

आवास सुविधा नलिएका बेला वार्षिक ३५ हजार रुपैयाँ एकमुष्ट आवास मर्मत शिर्षकमा प्रदेशसभा सचिवालयले रानालाई उपलब्ध गराउदै आएको छ । रानाले आर्थिक वर्ष २०७६/७७ को साउनदेखि भने प्रदेशसभा सचिवालयमा धनगढीमा आफ्नो घर नभएको देखाउदै आवास सुविधा बापत मासिक १७ हजार रुपैयाँ लिने गरेको पाइएको छ ।

यसअघि एकाघर परिवारको सदस्यको नाममा रहेको घर अर्कै व्यक्तिको नाममा राजीनामा गरेको कागजपत्र पेश गरेर रानाले आवास सुविधा बापतको रकम लिइरहेकी हुन् । धनगढीमा घर हुँदाहुँदै पनि आवास सुविधा लिइरहेको विषयमा रानाले कानूनअनुसार नै सेवासुविधा लिइरहेको दाबी गरिन् ।

विगतमा मर्मत सम्भार खर्च लिने गरेकोमा एकाएक घर बिक्रि गर्नुको कारण बारे जिज्ञाशा राख्दा भेटेरै कुराकानी गर्ने भन्दै उनले फोन काटिदिइन् । राना जनता समाजवादी पार्टी सुदूरपश्चिम संसदीय दलकी नेता हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved