कर्णालीमा भोकमरीभन्दा ‘भातमरी’को समस्या बढी छ - मुख्यमन्त्री शाही

  • भदौ २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीवासीले खाने व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । आइतबार सुर्खेतमा आयोजित ‘प्राङ्गारिक कृषि संवाद’लाई सम्बोधन गर्दै उनले कर्णालीमा रैथाने बालीका उत्पादन खानेलाई हेला गर्ने गरिएकाले त्यस्तो प्रवृत्तिमा सुधार ल्याउन जरुरी भइसकेको बताएका हुन्।

मुख्यमन्त्री शाहीले साविक कर्णालीका जिल्लाहरुमा भोकमरीभन्दा ‘भातमरी’ को समस्या बढी रहेको उल्लेख गरे। उनले हुम्लामा फापर, जुम्लामा जौ, चिनो, दैलेखमा कोदो खानेलाई हेप्ने गरिएको दृष्टान्त दिँदै खाद्य सुरक्षा र पोषणका दृष्टिले यी बाली महत्वपूर्ण रहेकाले ती कुरा जनतालाई बुझाउन सबैले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। कर्णालीमा खाद्य सुरक्षा भएका जिल्ला रुकुमपश्चिम र सल्यानलाई पहिलो प्राथमिकतामा राखेर अर्गानिक कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश सरकारको पहिलो बैठकले कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउने निर्णय गरेअनुरूप त्यसयता मन्त्रालयले त्यसका लागि आधारशीला निर्माण गर्दै अघि बढेको बताए । उनले मन्त्रालयले प्राङ्गारिक कृषि ऐन, प्राङ्गारिक उत्पादन प्रशोधन मापदण्ड, सहभागितामूलक गुणस्तर निर्धारण निर्देशिका, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका र प्राङ्गारिक कृषि योजनालगायतका ऐन कानूनहरु कार्यान्वयनमा ल्याइसकेको जानकारी दिए । मन्त्री शाहीका अनुसार अर्गानिक कार्यक्रमका लागि चालु आवमा प्रदेश र सङ्घीय सरकारको गरी कर्णालीमा रु। एक अर्ब ९७ करोड बजेट खर्च हुने छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रदेश सरकार र दातृ निकायसँग समन्वय गरेर अग्र्यानिक कृषि प्रणालीका क्षेत्रमा काम गर्न तयार रहेको धारणा राखे । उनले नगरपालिकाको तल्लो क्षेत्रलाई तरकारी बालीको पकेट तथा उत्तरी क्षेत्रलाई पशुपालन र कृषि पर्यटनका रूपमा विकास गर्न नीतिगत निर्णय गरेकाले यसका लागि प्रदेश सरकार तथा विभिन्न दातृ निकायको सहयोगको खाँचो औँल्याए ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको आर्थिक सहयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजना र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)को व्यवस्थापनमा सम्पन्न संवाद कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङ, कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल, भारतीय राजदूतावासका प्रथम सचिव प्रियादर्शिना रवीन्द्रनलगायत विभिन्न दातृ निकायका नेपालस्थित प्रमुखहरुको सहभागिता रहेको थियो ।

संवाद कार्यक्रममा अग्र्यानिक कृषि क्षेत्रमा भइरहेका कामहरु, कृषक एवं व्यवसायीका अनुभवका साथै भावी प्राथमिकताबारे छलफल भएको थियो । साथै सरोकारवालाले अर्गानिक उत्पादन सम्भावना र तुलनात्मक लाभको वस्तु भएकाले उत्पादन, प्रशोधन, बजारीकरणलाई सरकार र दातृ निकायको प्राथमिकतामा पर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved