दाहालविरुद्ध कांग्रेस असन्तुष्ट पक्षले उम्मेदवारी दिने

  • भदौ २७, २०७९
  • कालापानी मिडिया
alt


काठमाडौं । चितवन कांग्रेसको विद्रोही समूहले आफ्नो पार्टी नेपाली कांग्रसले गठबन्धनका नाममा उम्मेदवार नबनाउने निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ। ‘कांग्रेस शुद्धीकरण अभियान’ का नाममा एकीकृत विद्रोही समूहले आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका नाममा पार्टीले उम्मेदवार नउठाए आफ्नो पक्षबाट उम्मेदवारी रहने जानकारी गराएको हो। यो समूह स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा भुइँकटहर चुनाव चिह्न लिएर गठबन्धनको विपक्षमा उभिएको थियो। चितवनका तीनवटा संघीय निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका ६ वटा क्षेत्रमा उम्मेदवारी दिने अडानमा विद्रोही कांग्रेस छ।

गत स्थानीय तह निर्वाचनमा कांग्रेस विद्रोही ९असन्तुष्ट० समूहबाट भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार बनेका पूर्वसांसद जगन्नाथ पौडेलले जनमत बढेकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनविरुद्ध उम्मेदवारी दिने बताए। ‘चितवन निर्वाचन क्षेत्र नम्बर ३ हाम्रो आकर्षणको केन्द्र बन्ने छ, केही रणनीतिक कुरा सकिएपछि उम्मेदवारी घोषणा गर्ने छौं’, उनले भने, ‘गठबन्धनले आघात पुर्‍याएको छ, हामी रेस्क्यु गर्ने छौं।’ कांग्रेसले माओवादीसँग गठबन्धन गरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको उम्मेदवारमा समर्थन गरेपछि विद्रोह गरेर मेयरमा उम्मेदवार बनेका पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका थिए।

‘त्यो बेला १० दिन मात्रै प्रचारमा जानुपर्ने बाध्यता थियो, आधा मत बदर भयो’, उनले भने, ‘त्यो बेला भुइँकटहरमा भोट नहालेका मतदातासहितका धेरै कांग्रेस कार्यकर्ता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हाम्रो पक्षमा उभिन्छन्।’ पौडेलले गठबन्धनका नाममा केन्द्रीय नेतृत्वले पटकपटक चितवन कांग्रेसलाई दमन गरेको आरोप लगाए। कांग्रेसलाई बलियो बनाउन देशव्यापी विद्रोहको स्वर उठ्न थालेको पनि उनले बताए। ‘कांग्रेसभित्र चितवनले विद्रोहको नेतृत्व गर्नुपर्छ, चितवन सबैभन्दा बढी दमनमा परेको छ’, उनले भने, ‘अन्य जिल्लामा समेत विद्रोह भएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved