रुसले विद्युत काटिदिँदा पूर्वी युक्रेनका ९० लाख मानिस प्रभावित

  • भदौ २७, २०७९
  • कालापानी मिडिया
alt

मस्को । रुसले युक्रेनको पुवी भागमा विद्युत आपुर्ती बन्द गरेको छ । युक्रेनी आक्रमणको बदला लिन पुवी युक्रेनमा बिजुली काटेर मानिसहरूलाई अन्धकारमय बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

युक्रेनले रुसले कब्जामा गरेको ३ हजार वर्ग किलोमिटर भूभाग पुनः फिर्ता गरेको दाबी गरिरहेका बेला रुसले विद्युत् काटिदिएको हो । विद्युतपपपुर्ण रूपमा काटिनुले खार्किभ र दोनेत्स्कलगायत पूर्वी क्षेत्रका करिब ९० लाख मानिस प्रभावित भएको बताइएको छ ।

खार्किभका मेयर इहोर तेरेखोभले नागरिक पूर्वाधारमा रुसी आक्रमणले उक्त सहरको धेरैजसो भागमा बिजुली वा पानी नभएको बताए । उनले यसलाई युक्रेनी सेनाको पछिल्लो सफलताको बदला लिने एउटा ‘घिनलाग्दो र निन्दनीय प्रयास’ भनेका छन् । उक्त सहरमा दुई वटा मिसाइल हमला भएको बीबीसीले जनाएको छ । तेरेखोभ र उक्त राज्यका गर्भनरले सर्वसाधारणलाई शान्त हुन आह्वान गरेका छन् ।

छिमेकी सुमी क्षेत्रका गभर्नरले एक जिल्लामा मात्रै १३० भन्दा बढी बस्ती विद्युतविहीन रहेको बताए । दिनिप्रोपेत्रोभ्क्स र पोल्टाभा क्षेत्रका वासिन्दा पनि विद्युतविहीन भएका छन् । बिजुली कटौतीपछि राष्ट्रपति जेलेन्स्कीले रसियाले नागरिक पूर्वाधारलाई लक्षित गरेर आतंकवादी कार्य गरेको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved