चिनिया अध्यक्ष ली आज राजनीतिक भेटघाटमा व्यस्त हुने

  • भदौ २८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु आज राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन्। आज बिहान नौ बजे सङ्घीय संसद् भवनमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ताको कार्यक्रम तय भएको छ।

यसैगरी सङ्घीय संसद् भवनमा नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। सङ्घीय संसद् भवनमा नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ। यस्तै आजै परराष्ट्रमन्त्री डा .नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भोलिमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नेछन्। अध्यक्ष लीले भक्तपुर दरबार क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

नेपालको चार दिने भ्रमणका क्रममा अध्यक्ष ली हिजो नेपाल आएका थिए। अध्यक्ष लीको सम्मानमा सभामुख अग्नी प्रसाद सापकोटाद्वारा रात्रिभोजको आयोजना गरिएको थियो।

रात्रिभोजमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, सङ्घीय सांसद्का सांसदहरू, परराष्ट्र मन्त्रालयका अधिकारी सङ्घीय संसद् सचिवालयका महासचिव एवं कर्मचारी, प्रतिष्ठित व्यक्ति एवं सञ्चारकर्मीको सहभागिता थियो।

त्यसअघि सभामुख सापकोटा र अध्यक्ष ली बीच सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा छ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved