भियतनाममा एक लाख २० हजारभन्दा बढी भ्रष्टाचार मुद्दामाथि अनुसन्धान सुरु

  • भदौ ३१, २०७९
  • कालापानी मिडिया
alt

मनिला । भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजार भन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएको छ ।

भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियान अन्तर्गत यस वर्षमात्र ती मद्दाहरुमाथि अनुसन्धान थालेएको र अधिकांशमा कारबाही प्रक्रिया पनि अघि बढाएको बताएको छ ।
भियतनामको समाचार समितिले बिहीबार यहाँको भ्रष्टाचार नियन्त्रण गर्ने निकायले एक लाख २० हजारभन्दा बढी भ्रष्टचारजन्य मुद्दाहरुको अनुसन्धान थालेको जनाएको समाचारमा उल्लेख गरेको छ ।

सरकारले भ्रष्टाचारजन्य अपराधको अनुसन्धान र कारबाहीलाई अभियानका रुपमा अघि सारेको छ । सोही बमोजिम सो निकायले काम सुरु गरेको र यसवर्षमात्र यी मुद्धाहरुमाथि अनुसन्धान र कारबाही थालिएको सो समाचार समितिले जनाएको हो ।

यहाँ भ्रष्टाचारजन्य क्रियाकलापहरुमा निकै बढोत्तरी भएको गुनासोका आधारमा सरकारले यो अभियान सुरु गरेको हो । यसवर्ष यस कार्यलाई प्राथमिकताका साथ अघि बढाइने सरकारले जनाएको छ ।

यो अभियानबाट भ्रष्टाचारजन्य क्रियाकलापहरुमा संलग्न भएका कैयौँ व्यक्तिमाथि कारबाही हुनुका साथै ठूलो रकम राजस्वका रुपमा प्राप्त हुने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved