नजरबन्दमा चोलेन्द्र-सुरक्षाकर्मी र भीभीआईपी कार खोसियो

महाभियोग टुङ्गो नलागी सर्वोच्च जान खोजेपछि निवासमै नजरबन्दमा राखिएको पुष्टि

  • असोज ३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी खोसेको छ ।

प्रहरी प्रधान कार्यालयले अगुवा र पछुवा गाडीसहितका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै जबराका सुरक्षाकर्मी खोसिएका हुन् । स्रोतका अनुसार सरकारले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई जबराका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएको थियो ।

जबराविरुद्ध महाभियोग दर्ता भएसँगै उनको सुरक्षामा प्रहरी नायब निरीक्षकको कमान्डमा ९ जना सुरक्षाकर्मी खटाइएको थियो । प्रहरीले गाडीसहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाएको हो । प्रहरीले स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रधान कार्यालय फिर्ता बोलाएको छ । त्यसैगरी, औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार र अगुवा–पछुवाका रुपमा प्रयोग हुने जीप पनि खोसिएको छ ।

प्रहरीले बजराको निवासका सुरक्षा सतर्कता बढाएको छ । महाभियोग टुङ्गो नलाग्दै नियमित कामका लागि सर्वोच्च अदालत जान लागेपछि सरकारकै निर्देशनमा प्रहरीले जबरालाई निवासमै नजरबन्द बनाएको छ ।

सरकारले जबरालाई नजरबन्दमा राखिएकोबारे केही नबोले पनि चोलेन्द्रको निवास पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टालीले जबरालाई नजरबन्दमा राखिएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved