राणालाई प्रधान न्यायाधीशकै हैसियतमा शीतल निवासमा राष्ट्रपतिको निम्ता

  • असोज ३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले निम्ता पठाएकी छन्। राणाको हैसियतका बिषयमा प्रश्न उठिरहेका बेला राष्ट्रपति भण्डारीको यो कदमले सबैलाई चकित पारेको छ।

चोलेन्द्रशमशेर राणाको हैसियतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच फरक मत देखिएको छ।

प्रधानमन्त्री श‍ेरबहादुर देउवाले चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामै रहेको भन्दै उनलाई सर्वोच्च अदालत जान रोक लगाएका बेला राष्ट्रपति भण्डारीले भने उनलाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा निम्ता गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा राणालाई प्रधान न्यायाधीशका हैसियतमा निम्ता गरेकी हुन्।

राणामाथिको महाअभियोग सिफारिस संसद्को कार्यकाल सकिएका कारण अलपत्र परेका बेला राष्ट्रपति भण्डारीले संविधान दिवसको कार्यक्रममा राणालाई प्रधान न्यायाधीशकै हैसियतमा निमन्त्रणा पठाएकी हुन्।

उता सरकारले भने राणाका सबै सरकारी गाडीका सुविधासहित सेनालगायत सुरक्षाकर्मी फिर्ता लगिसकेको छ।

राणाले आइतबार सर्वोच्च अदालत जाने तयारी गरेपछि सरकारले उनको निवासको बाहिरभित्र बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्दै उनलाई नजरबन्दमा राखेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved