काठमाडौं। साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश खेल्दैछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । खेल जसले जिते पनि साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्नेछन् ।
यसअघिका सबै साफमा च्याम्पियन रहेको भारतलाइ पराजित गर्दै प्रवेश गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रने छ । नेपाललाई घरेलु मैदानमा उपाधि रक्षा गर्ने अवसर रहेको छ ।
साफमा नेपालले पाँचौं पटक फाइनल खेल्दैछ भने बंगलादेशको यो दोस्रो पटक हो । नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् ।
आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने र यसले पनि जितका लागि मनोबल उच्च पार्ने प्रशिक्षक थापाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved