भीमफेदी बस दुर्घटनास् ७ जनामध्ये ६ जना मृतकको सनाखत

  • असोज ७, २०७९
  • कालापानी मिडिया
alt

हेटौंडा । हेटौंडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका-६ को जुरिखेतमा बिहिबार दिउँसो मिनिबस दुर्घटना भएको थियो ।

सोही दुर्घटनामा मृत्यु भएका ७ जना मध्ये ६ जनाको सनाखत भएको हो । सनाखत हुनेमा बारा जिल्ला जितपुर सिमरा नगरपालिका वडा नं. २४ बस्ने २५ वर्षीय शेख अरमान, मकवानपुरगढ़ी गाउँपालिका वडा नं. ३ बस्ने ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बस्ने ४५ वर्षीय हृदय नारायण पंजियार, भारतको बिहारको मोतिहारी बस्ने २५ वर्षीय शरद नारायण शर्मा, नुवाकोट जिल्ला ठेगाना नखुलेका ३४ वर्षीय रघुराज न्यौपाने र बारा जिल्ला झिटकैया वडा नं. ४ बस्ने ३३ वर्षीय अन्जुलाहा मिया ठकुराई भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
एक जनाको सनाखत हुन भने बाँकी रहेको उनले बताए । गम्भीर घाइते भएका ४ जनालाई चितवन मेडिकल कलेजमा थप उपचारका लागि लगिएको समेत उनले बताए । बाँकी २१ जना घाइतेको भने हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved