काठमाडौं। अनशनरत डा। गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन अनशन तोडेको उनको सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
उनका अनुसार सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ । डा। केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिए । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा। केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved