राष्ट्रपति भण्डारीलाई कोरोना सङ्क्रमण

  • असोज २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहेका उनमा पिसिआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘हाल उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यही अवस्था कायम रहेमा सम्भवतः भोलिसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने जानकारी गराइन्छ ।’

यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनलाई एनेक्स वार्ड नं ६०१ मा भर्ना गरिएको छ । राष्ट्रपति भण्डारीको उपचारमा डा. निरज वम नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved