काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया-२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो ।
चौधरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली-१ मा निर्वाचित भएका थिए । उनको उम्मेदवारी खारेज भएपछि उनले उम्मेदवारी दिएको क्षेत्रमा नाराबाजी सुरु भएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी ९थारु०को उम्मेदवारी खारेज भएको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved