गिता छोएर कसम खान्छु,अव पार्टी फुट्न दिन्न- कमल थापा (भिडियो सहित)

  • फाल्गुन २८, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूले कहिल्यै पनि पार्टी नफुटाउने प्रतिवद्धता जनाएका छन् ।राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा बुधबार उनले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिज्ञा गरेका हुन । उनले भने ‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्नँ’ । 

यसअघि नेताहरुकै कारण पार्टी पटक पटक फुटेको भन्दै अब पार्टी नफुटाउन माग नेता कार्यकर्ताले गरेका थिए । राष्ट्रियसभा गृहमा बुधबार आयोजित राप्रपा र राप्रपा संयुक्तको एकीकरण समारोहमा राप्रपा काठमाडौंका जिल्ला सचिव हरि प्रसाद अघिकारी पार्टी नफुटाउने कसम खान माग गर्दै गीता बोकेर मञ्चमा पुगेका थिए । सो क्रममा कार्यक्रम हलमा केहीबेर तनाव समेत हुन पुगेको थियो । सो क्रममा कार्यक्रम हलमा केहीबेर तनाव समेत हुन पुगेको थियो ।

तर थापाले भने कार्यकर्ताको माग र चाहनाअनुसार कमल थापाले आफ्नो सम्बोधनको सुरुमै भगवान पशुपतिनाथलाई साक्षी राखी गीता छुँदै आफूले पार्टी नफुटाउने प्रतिबद्धता जनाएका थिए । उनले आफू कुनै पनि हालतमा पार्टी फुटाउने पक्षमा नरहेको भन्दै अन्य दुई अध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी पनि पार्टी फुटाउने पक्षमा नरहेको बताए । आफूहरुको उमेरको कारणले पनि अब त्यो अवस्था नरहेको उनको भनाइ थियो ।

उनले पार्टी एकताको आजको दिन कोषेढुंगा सावित हुने दावी गर्दै पार्टी निर्माणमा विगतमा संस्थापक नेता स्वर्गीय सूर्यबहादुर थापाले खेलेको भूमिका र तत्कालीन राप्रपा  नेपालका महामन्त्री चन्द्रवहादुर गुरुnको योगदानको प्रशंशा गरे । थापाले पार्टी एकताबाट आफू खुसी र सन्तुष्ट रहेको बताउँदै आफ्नो चार वर्षे कार्यकाल पूरा नहुँदै पार्टी एकता गराउन सकेकोमा गौरवान्वित भएको पनि धारणा राखे । पार्टी एकीकरणअघि आफू एक्लो अध्यक्ष भएपनि एकतापनि तीन अध्यक्ष हुने व्यवस्था रहेको बताउँदै उनले यसले पार्टी सञ्चालनमा थप सहज हुने धारणा राखे ।

अध्यक्ष थापाले यसअघि पार्टी फुटेको तीता मिठा घटनालाई बिर्सने पनि बताए । ‘ विगतका तीता घटनाले पीडा भए पनि आगामी दिनमा कुनै पनि आग्रह पूर्वाग्रह साथीहरुका बीचमा नराख्ने प्रतिज्ञा गरे । थापाले अगाडि भने ‘विगतका आग्रह पूर्वाग्रहबाट माथि उठौं, एक अर्काप्रति सम्मान गर्दै सामूहिक नेतृत्वको भावना अनुसार दृढताका साथ अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गर्न चाहन्छु ।’

विगतमा पटक पटक फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्दैन भन्नेमा विश्वास मान्न नसक्नु सामान्य भए पनि थापाले नकारात्मक सोच त्याग्न आग्रह गरे ।‘एकता हुन पाएको छैन फुट्छ कि भन्ने चिन्ता छाड्नुस्, यो नकारात्मक सोच राख्ने हो भने हामी शिथिल हुन्छौं । अब फुट्न दिन्नौं भनेर अघि बढ्नुपर्छ’ थापाले भने । थापाले कार्यकर्तालाई पनि व्यक्तिको पछाडि लाग्न छाडेर विचारको पछाडि लाग्न आग्रह गरे ।

अर्को प्रसंगमा बोल्दै थापाले अहिले नीतिगत र संस्थागत भ्रष्टाचार मौलाएको भन्दै त्यसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पनि सहभागी भएको बताए । आफ्नो स्वार्थका निमित्त कानून बाधक भयो भने बहुमतको आधारमा कानून नै परिवर्तन गर्ने, सार्वजनिक खरिदका विषयलाई पनि मन्त्रिपरिषदबाट नीतिगत निर्णय गराउने र सार्वजनिक निकायलाई पार्टीकरण गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘अहिले नीतिगत र संस्थागत भ्रष्टाचार मौलाएको छ । यो ब्रम्हलुटमा सत्तारुढ मात्र छैन, प्रमुख मतियारको रुपमा प्रतिपक्षी नेपाली कांग्रेस पनि उत्तिकै सहभागी भएको छ’ उनले भने । यस्ता घटनाबाट निराश नेपाली जनतालाई राप्रपाले विश्वास जगाउने थापाले दावी गरे । ‘राप्रपालाई भरोसा गर्नुहोस्, भ्रष्टाचारमा मुछिएकालाई कानूनको कठघरमा उभ्याउछौं, काम नपाएर मलेसिया र अरबमा पसिना बगाउनेलाई केही वर्षभित्र नेपाल फर्काउँछौं ।’

अहिले नेपाली जनता कांग्रेस र कम्युनिस्टबाट वाक्क भएकाहरुले अब भोट हाल्ने ठाउँको रुपमा राप्रपालाई पाएको थापाले बताए । उनले राप्रपा परिवर्तनविरोधी शक्ति नभएको पनि जिकिर गरे ।

भिडियोका लागि यहाँ क्लिक गर्नुस् ।
https://www.youtube.com/watch?v=eUesYL37Zig

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved