आचारसंहिता उलंघन गर्दै शहरी विकास मन्त्री चौधरीले चामल बाँडे

  • आश्विन ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिता विपरित सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन्।

निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न पाउँदैनन्। तर, सरकारका झन्डै १४ मन्त्री अहिले मन्त्रालयका विभिन्न साधनस्रोत र गाडीको दुरुपयोग गर्दै चुनाव प्रचार र घरदैलो गरिरहेका छन्।

केही मन्त्रीले त राहतका नाममा चामलसमेत वितरण गरेर निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन्। मन्त्रीहरूले मन्त्रालयबाट जिल्लामा जाँदा त्यसको जानकारी अनिवार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गराउनुपर्छ। जिल्ला भ्रमण गर्दा प्रधानमन्त्री कार्यालयबाट भ्रमण स्वीकृतसमेत गराउनुपर्छ तर अधिकांश मन्त्री जिल्ला भ्रमणमा रहे पनि कसैले पनि भ्रमण स्वीकृत नगराएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

सो कार्यालयका अनुसार हाल चुनाव क्रममा सहरी विकासमन्त्री मेटमणि चौधरी, परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलगायत जिल्लामा रहेका छन्।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता २०७९ उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्दसमेत हुन सक्ने चेतावनी दिएका छन्।

पोखरामा शनिबार आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा प्रमुख आयुक्त थपलियाले आचारसंहिताको पालनामा कडाइ गर्न र उल्लंघन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे।

सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहितालाई बेवास्ता गर्दै शुक्रबार र शनिबार दाङको देउखुरी क्षेत्रमा चामल वितरण गरेका छन्। आचार संहिताविपरीत चामल वितरण गरेपछि सहरी विकासमन्त्री चौधरीविरुद्ध निर्वाचन आयोगमा उजुरीसमेत परेको छ।

निर्वाचन आयोगले आचार संहिताविपरीत काम गरेको भन्दै तीन वटा मन्त्रालयलाई स्पष्टीकरण सोधेको छ। ६ व्यक्ति र आठ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आयोगमा परेका उजुरी तथा प्राप्त जानकारीका आधारमा आयोगले उनीहरूलाई स्पष्टीकरण सोधेको हो।

आयोगले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनमत पार्टीका अध्यक्ष डा सीके राउत, पचरौता नगरपालिकाका प्रमुख जलन्धरसिंह जैसवार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा अधिकृत सातौं तहमा कार्यरत गोकुल वस्ती, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरेसँग स्पष्टीकरण सोधेको छ। यस्तै, नुवाकोट १ का उम्मेदवार बद्री मैनालीलाई आयोगले स्पष्टीकरण सोधेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved