काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
तरुण दलले कांग्रेसलगायत गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि सबै सङ्घीय निर्वाचन क्षेत्रमा तरुणहरूलाई परिचालन गर्न तथा क्रियाशील बनाउने निर्णयानुसार केन्द्रीय प्रतिनिधि खटाएको अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।
साथै सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूलाई आफूलाई खटाइएको निर्वाचन क्षेत्रमा तत्काल गई तोकिएको कार्य सुरु गर्न र निर्वाचन सम्पन्नपछि कार्यविवरण प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved