काठमाडौँ । काठमाडौँ क्षेत्र नं. १ मा निर्वाचनको माहोल तातिएको छैन चर्चित नेतृत्वको भिडन्त पनि रोचक बन्दै गएको छ । बहुचर्चित अनुहारसँगै राजनीतिक दल र स्वतन्त्रको पनि उल्लेख्य उम्मेदवारी परेसँगै यो क्षेत्रको चासो सर्वत्र चुलिएको छ । राजनीतिक दल तथा स्वतन्त्रबाट नाम चलेका उम्मेदवाहरुको जमघटका कारण पनि यो निर्वाचन क्षेत्र सर्वाधिक चासोको क्षेत्र बनेको हो ।
तत्कालिन कम्युनिष्टका प्रखर व्यक्तित्व मानिने प्रदीप नेपाललाई यही क्षेत्रबाट पराजित गरेर नेपाली राजनीतिमा उदाएका प्रकाशमान सिंह चौथो पटकका लागि मैदानमा होमिएका छन् । २०६४ बाट ०७४ को चुनावसम्म आईपुग्दा ह्याट्रिक गरेका सिंह आफ्नो विरासत बचाइराख्न उनी अहिले मतदाता रिझाउन लागि परिरहेका छन् । हुन त उनी टिकट निश्चित हुनुभन्दा अघि देखि नै चुनावी प्रचारमा जुटेका थिए् । तर, उनका मतदाता यसपटक उनि प्रति त्यति सन्तुष्ट भने छैनन् । पद पुर्तिका लागि पार्टीमै महाधिवेशन ताका घात गरेको भन्दै उनका मतदाता रुष्ट देखिन्छन् । पटक पटक उनलाई भोट हालेकै हो अब भने परिवार वाद र पद मोह गर्ने व्यक्ति रोजिदैन भन्दै यस क्षेत्रका जनता नयाँ विकल्प रोज्ने वताउदै आएका छन् ।
यसको फाइदा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले लिन्छन कि भन्ने आंकलन पनि हुन थालेको छ । गत निर्वाचनमा राम्रो जनमत प्राप्त गर्न सफल मिश्रले यसपटक पनि क्षेत्र नं। १ लाई नै रोजेका छन् । अघिल्लो निर्वाचनमा निकटम प्रतिस्पर्धी रहेका प्रकाशमान सिंहसँग ८ सय मतान्तरले पराजित मिश्र विवेकशील साझा त्यागेर राप्रपाबाट उम्मेदवार बनेका हुन् । सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । तर यसपटक भने मिश्र आफै पनि आफ्नो जित सुनिष्चित भएको बताउदै आएका छन् ।
उसो त सुरुमा एमालेबाट सहयोग मिल्ने आश गरे पनि एमालेले किरण पौडेललाई उम्मेदवार उठाउँदा उनलाई धक्का लागेको छ । यद्यपि उनी पनि मतदाता रिझाउन भरपूर प्रयास गरिरहेका छन् । विचारभन्दा देश ठूलो भन्ने पुस्तक वितरण र विभिन्न क्लबदेखि लिएर युवा जमात रहेको ठाउँलाई लक्षित गरेर मिश्रले आफ्नो सक्रियता बढाएका छन् ।
यता, मतदातापनि मिश्रलाई यो पटक हेर्नुपर्ने भनिरहेका छन् । मिश्र संगै घरदैलोमा हिडिरहेका राप्रपाका विद्यार्थी नेता धनसुर शाहिका अनुसार यसपटक मिश्रले जित्ने पक्का छ । उनि भन्छन्, जहाँ पनि जुन घरमा पनि पुग्यो मिश्र प्रतिको आदर सम्मान र सद्भाव मात्रै देखिन्छ । उहाँ आउदै हुनुन्ट भन्ने थाहा भयो कि मतदाता स्वयम घर बाहिर आएर आफै भेटिरहेका छन् । बरु कसरी जितिन्छ सुझाव र सल्लाह समेत दिदै आएका छन् । उनले भने, हामी वर्षौ देखी कांग्रेसकै मतदाता हौ तर, अव रुखमा भोट नहाल्ने यसपटक अवस्य तपाईलाई हाम्रो परिवारको सम्पूर्ण मत भन्दै मतदाता उत्साहित छन्, आशिर्वाद दिरहेका छन् ।,
नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्व प्रहरी डीआईजी रमेश खरेल पनि आफ्नै पार्टीको नेतृत्वबाट मात्रै देशमा सुशासन कायम गर्न सकिने भन्दै चुनावी प्रचार प्रसारमा लागेका छन् । क्षेत्र नं। १ कै बासिन्दा उनी प्रहरी संगठनमा रहँदा हासिल गरेको लोकप्रियतालाई यो चुनावमा परीक्षण गर्दैछन् ।
यो क्षेत्रमा पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमुल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाल लगायतका क्षेत्र पर्दछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको तुलानामा यहाँ २ हजार ५ सय ८८ जना नयाँ मतदाता थपिएका छन् ।
रविन्द्र मिश्रको घरदैलो
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved