अमेरिकाको कोलम्बसमा शुक्रबार ‘समता साँझ’ हुँदै

  • कार्तिक २१, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । समता ग्लोबल सिनेट र आर के फाउन्डेशन युएसएको आयोजनामा आगामी शुक्रबार अमेरिकी शहर कोलम्बसमा सांस्कृतिक कार्यक्रम ‘समता साँझ’ आयोजना हुने भएको छ।

नेपालमा आर्थिक अभावबाट कोही पनि शिक्षा लिनबाट वञ्चित हुनु नपरोस् भनी समता स्कुललाई आर्थिक सहयोग संकलनका लागि यो कार्यक्रम गर्दै आएको आयोजकले जनाएको छ। सांस्कृतिक कार्यक्रम ‘समता साँझ’ का संयोजक टीका ढकालका अनुसार नोभेम्बर ५ तारिखमा न्युयोर्क र ६ तारिखमा शिकागोमा समता साँझ आयोजना भइसकेको छ।

‘यो कार्यक्रमबाट उठेको आर्थिक सहयोग समता स्कुललाई दिइनेछ, आर्थिक अभावका कारण कोही पनि शिक्षाबाट वञ्चित हुनु नपरोस् तथा सस्तो‚ सुलभ र गुणस्तरीय शिक्षा पाउन् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने। उनका अनुसार ११ तारिखमा कोलम्बसमा, १२ तारिखमा पिट्सबर्गमा, १३ तारिखमा बोस्टनमा, १८ तारिखमा सेन्ट लुइसमा, १९ तारिखमा सान फ्रान्सिस्कोमा र नोभेम्बर २० तारिखमा डलासमा कार्यक्रम आयोजना हुँदै छ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र गायक रामकृष्ण ढकाललगायत कलाकारहरूको प्रस्तुति रहनेछ। समता स्कुलले मासिक सय रूपैयाँमा नर्सरीदेखि मास्टर्स डिग्रीसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। उत्तम सञ्जेलले २०५८ सालमा स्थापना गरेको समता स्कुल अहिले उपत्यकासँगै ७७ वटै जिल्लामा सञ्चालनमा छ।
विदेशमा पनि उक्त स्कुल सञ्चालनमा छ। समता स्कुलका अनुसार हाल सबै गरी ४० हजारभन्दा बढी विद्यार्थी समतामा अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved