कञ्चनपुर । मौलिक जरोकिलो पार्टी कञ्चनपुरका युवा नेता त्रिलोक जोशी यतिबेला चुनावी मैदानमा उत्रिएका छन । हिन्दुत्व धर्म रक्षा र युवाको हक अधिकार, भ्रष्टाचार बिरुद्धका अभियानमा संलग्न जोशी अगामी ४ मंसिरमा हुने चुनावी मैदानमा उत्रिएका हुन् ।
नेपालको समस्या नेपाली स्वयंले नै समाधान गर्नुपर्छ, विदेशीलाई निम्त्याउनु हुँदैन भन्ने अदम्य साहस बोकेका जोशी कञ्चनपुरको क्षेत्र न ३ बाट प्रतिनिधी सभा सदस्यको उमेदवार हुन् । उनी ०३९ सालमा कञ्चनपुरको महेन्द्रनगर २ मा पिता जयदेव जोशी र माता पार्वर्ती जोशीको कोखमा जन्मिएका हुन् । बालक देखी नै आध्यात्मा रुचि राख्ने उनले माध्यामिक शिक्षा कञ्चनापुरमै गरेका थिए भने उच्च शिक्षा काठमाडौंको रत्न राज्य क्याम्पसबाट अध्यन गरे । विद्यार्थी जिवन देखी नै आफ्नो मोलिकताको रक्षा गर्नुपर्छ र स्वदेशमै रोजगार श्रृजना गर्नु पर्छ भन्ने धारणा बोकेका उनले हिन्दुवादी अभियन्ताको भूमिका समेत निर्वाह गर्र्दै आएका छन् ।
गलत र सत्य छुटया्एर आफुले सहि निर्णय लिन सक्नु पर्छ, सधै दीन दुखीको सेवा गर्नु पर्छ, बरु आफु भोकै बस्नु तर गरिव देख्दा सहयोग गर्नु, बिदेशीको गुलामी नबन्नु भन्ने उनका पिताको उपदेशकै कारण उनि यतिवेला राजनीतिमा होमीएका छन् । देशमा मौलाएको बिकृति, बिसंगति, भ्रष्टाचार र बढ्दो महंगीबाट जनतालाई कसरी उन्मुक्त गर्ने भन्ने लक्ष्य बोकेका जोशी पैसाको प्रलोभन र लोभ लालसा देखाएर गरिव विपन्नलाई प्रभावित पार्दै धर्मान्तर भएको र त्यस बिरुद्धमा समेत आफुले संघर्ष गर्ने बताउँछन् । उनले चुनाव जितेमा जनताका आधारभूत समस्या समाधान गर्न तर्फ लाग्ने बताए ।
उनले भने, ‘जितेर आफु होईन जनता मोटाउनुपर्छ । समाज निर्माणका लागि गाँउ फर्क अभियान चलाउँदै युवाहरुलाई स्वदेशकै श्रम र नयाँ कामको श्रृजना गर्ने तर्फ लाग्ने छु । जनतासंगै राय सुझाव मागेर काम गर्ने छु, काम बाहेक काठमाडौंमा भन्दा पनि आफ्नो कार्यक्षेत्रमै जनतासंगै सेवामा लाग्नेछु ।,
जोशीले पहिचान, धार्मिक साँस्कृतिक मौलिकता, स्वाधिनता, भ्रष्टाचार निर्मुल, युवा पलायन रोक्ने, युवा रोजगारी, शिक्षा, स्वास्थ्य, कृर्षिमा सुधार, पूर्वाधार विकास, आरक्षपीडित, भूमिहिन सुकुमबसीको पुर्नस्थापना, छाडा चौपाया व्यवस्थापन लगाएतका विकासमा काम गर्ने बताएका छन् । का एजेण्डा अघि सारेका छन । उनको पार्टीको सङ्कल्प पत्रमा अपाङ्गता भएका व्यक्तिहरूको हकहित साथै सम्मानको बिषयमा काम गर्ने उल्लेख गरेको छ । बुदा नं. २१० मा अपाङ्गता भएका व्यक्तिहरूको वैज्ञानिक किसिमले वर्गीकरण गर्ने, सामूहिक आवासको व्यवस्था गर्ने र उक्त आवास गृहलाई उत्पादन गृहको रूपमा सञ्चालन गरी राष्ट्रनिर्माणमा अग्रसर गराइने जनाइएको छ ।
उनिहरुले फरक फरक कित्तामा रहेकाहरूलाई सँगसँगै राखेर समन्वय गर्ने पनि बताउदै आएका छनु । राजा, कांग्रेस, एमाले, माओवादी जस्ता देशभित्रका भिन्न भिन्न र छिन्नभिन्न शक्तिहरूका साथसाथै भारत, चीन र अमेरिका जस्ता अन्तरराष्ट्रिय शक्तिहरूसम्म पहुँच राखेर सबैलाई नेपालका हितमा साझे आधार खोज्न र सहकार्य गर्न मनाउने यस मौलिक जरोकिलो पार्टीको लक्ष रहेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved