चुनावी प्रचारप्रसारको क्रममा सुदूरपश्चिम प्रदेशमा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
बुधबार हुने कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ।
गृहजिल्ला डडेलधुरामा चार दिने कार्यक्रम सकेर निजी निवास धनगढीमा रहेका देउवाले राजनीति भेटघाट तीव्र पारेका छन्। प्रधानमन्त्री राजधानी फर्किने टुंगो लागिनसकेको स्वकीय सचिव भानु देउवाले बताए।प्रधानमन्त्री देउवाले राजनीति भेटघाट तीव्र पारेका छन्।
देउवाले धनगढीस्थित आफ्नै निजी निवासमा कैलाली र धनगढीका नेता तथा कार्यकर्तालाई बोलाएर चुनाव केन्द्रित भेटघाट तथा छलफल गरिरहेको काँग्रेस कैलालीले जनाएको छ।उनले उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई पनि बोलाएर छलफल गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved