प्युठानमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ जना घाइते

  • कार्तिक २३, २०७९
  • कालापानी मिडिया
alt

प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए।

दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए।

दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइते हुनेहरूमा प्यूठान नगरपालिका–५ पूर्णगाउँका ३४ वर्षीया कीजगमाया महरा, ५० वर्षीया किगदी घर्ती, ५० वर्षीया डिलाराम घर्ती, ३१ वर्षीया बिरीकुमारी महरा, ४७ वर्षीया गोरी खत्री, ५२ वर्षीया फागुनीखत्री, २५ वर्षीया श्रीमायामहरा, ५८ वर्षीय रामे रोका, ३७ वर्षीय निमलाल घर्ती मगर, १८ वर्षीया कुमारी महरा, ४३ वर्षीया किनखी महरा र ३४ वर्षीया किनिमा खत्री छन्।

जिप मंगलबार मध्यरात १२ बजेतिर दुर्घटनामा परेको प्रहरीको भनाइ छ। दुर्घटनामा परी मुत्यु हुने सबै पातलकटेरी र घाइते सबै पूर्णगाउँका हुन्। परिचालकलाई प्रहरीले पक्राउ गरेको छ भने चालक भने फरार रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved