काठमाडौं । उपत्यकासहित देशभर चिसो बढेको छ। दिउँसो केही न्यानो हुने भए पनि बिहान बेलुकी चिसो बढेको हो।
चिसोबाट बच्न सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ११/५ डिग्री सेल्सियस मापन भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिए।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य पहाडी क्षेत्रको मौसम भने आज आंशिक बदली हुने अनुमान छ ।
तराईका जिल्लाको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved