चिसो बढ्यो, हल्का वर्षा र हिमपातको सम्भावना, पर्वतारोहण र पदयात्रामा जाँदा विशेष सावधानी अपनाउन आग्रह

  • कार्तिक २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । देशभर चिसो बढेको छ । पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढेको हो । काठमाडौंसहित तराईका जिल्लामा बिहान हुस्सु कुहिरो लाग्न थालेको छ । हिजोभन्दा आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ११ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ११ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि घट्न थालेकाले देशभर नै चिसो बढेको छ ।

पश्चिमी वायु सक्रिय रहेकाले नै आज उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार आज बाग्मती, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ ।

उहाँले प्रदेश(१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा र हिमाली जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेको बताउनु भयो । हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रामा जाँदा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कीर्तिपुर अपडेट : प ...

काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको ...

राज दम्पती सोमबार बु ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह दम्पती सहित सोमबार नेपालगन्ज प्रस्थान गर्ने हुनुभएको छ । मध्य र सुद ...

८४ अघि नै राप्रपाले ...

                   फाइल तस्बिर काठमाडौँ । राष्ट् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved