भ्रष्टाचारीमाथि डोजर चलाउँन संसदमा मलाई साथी चाहियो - राजेन्द्र लिङ्देन

  • कार्तिक २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तामा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताएका छन् । आज शुक्रवार काठमाडौंमा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताएका हुन् । उनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताए । नागरिक आयोग गठन गरी विसं २०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने उनको भनाइ थियो ।

उनले भने, ‘बालेनले काठमाडौंको अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारिमाथि डोजर चलाउने इच्छा छ । फागुनसम्म अस्तिका सबै सांसदले तलब भत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए । योभन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन ।’

अध्यक्ष लिङ्देनले भ्रष्टाचारको विरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे । उनले आफू संसदमा एक्लो भएकाले आउँदो चुनावबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह पनि गरे । आफूले पाँच वर्ष संसदमा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारलाई पनि जिताउन उनको आग्रह थियो ।

अध्यक्ष लिङ्देनले पुराना दलहरूलाई फेरि पनि मतदान गर्नु देशलाई बरबाद गर्नुभएको टिप्पणी गर्नुरे । उनले कांग्रेस र कम्युनिस्ट मतदातालाई आफ्नो पार्टी नछाडे पनि मत भने राप्रपालाई दिनका लागि आग्रह गरे ।

उनले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेको दाबी गर्दै व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने जिकिर गरे । ठूला राजनीतिक दलहरूको विकल्पको रूपमा राप्रपा रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved