काठमाडौं । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ। बेलुकी ८ बजेर १२ मिनेटमा बैतडीको खोडपे नजिक केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र जनाएको हो।
सुदूरपश्चिमको बझाङ, डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डोटी, कैलाली लगायतका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। उता भारतको उत्तराखण्डको केही ठाउँमा पनि धक्का महसुर भएको जनाइएको छ ।
यसबारे थप विवरण आउन बाँकी छ। मंगलबार देखि सुदुरपश्चिममा निरन्तर भुकम्पको धक्का महसुस भइरहेको छ। बझाङको सदरमुकाम चैनपुर लगाएतका स्थानियहरू खुल्ला ठाउँमा आँगो बालेर बसेका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved