अध्ययनका लागि जापान पुगेका एक नेपालीको मृत्यु

  • कार्तिक २७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । दुई महिनाअघि अध्ययनका लागि जापान पुगेका एक नेपालीको मृत्यु भएको छ।

जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि पुगेका नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो।

युवकको मृत्यु शङ्कास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीले बताएका छन्। यस विषयमा जापानको आधिकारी निकायले केही भनेको छैन।

मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो। नियमित अध्ययनका लागि नगएपछि साथीहरूले खोज्दा कोठामा मृत भेटेका हुन्।

कन्सल्टेन्सीमार्फत मृत्युबारे परिवारलाई जानकारी गराइएको साथीहरूले बताएका छन्। आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको छ। परिवारले शव नेपालमै अन्तिम संस्कारका लागि मागेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved