काठमाडौं । राप्रपा नेता तथा कार्यसम्पादन समितिका सदस्य यद्धव पौडेलले अबको प्रधानमन्त्री राजेन्द्र लिङ्देन हुने दावी गरेका छन् । राप्रपाबाट प्रतिनिधि सभातर्फको समानुपातिक उमेदवार समेत रहेका नेता पौडेलले राप्रपालाई मतदान गर्न अपिल गर्दै यतिवेला सिंगो देशले परिवत चाहेको र त्यो परिवर्तनको कडि राप्रपा अध्यक्ष नै भएको दावी गरेका हुन् ।
उनले हरेक राजेन्द्र लिङ्देनको नेतृत्व देख्न चाहेको बताउदै पार्टीले लिङ्देनलाई प्रधानमन्त्रीको रुपमा अघि बढाउने धारणा राखेका छन् । नेता पैडेलले आफु स्वयं पनि प्रतिनिधिसभा तर्फ समानुपातिक उमेदवार भएकाले राप्रपाको हलो चिन्हमा मतदान गरी विराटनगरको सेवा गर्ने अवसर प्रदान मतदातासंग अपिल गरेका छन् ।
उनले भनेका छन्,
आदरणीय पत्रकार साथीहरू,
हामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको संघारमा छौं, राप्रपाले प्रतिनिधिसभाको १४२ र प्रदेशसभाको २८६ निर्वाचन क्षेत्रमा उमेदवारी दिएको छ। हामी उच्च मनोबलका साथ निर्वाचनमा होमिएका छौं । म स्वयं पनि प्रतिनिधिसभा तर्फ समानुपातिक उमेदवार छु, पत्रकार साथीहरूबाट सदा झैं माया, स्नेह र हौसलाको अपेक्षा राखेको छु ।
१। म विराटनगरमा जन्मिएँ, हुर्किएँ, किशोरावस्था विराटनगरमा बिताएँ । जीवनमा केही गर्नुपर्छ भन्ने हुटहुटीले मलाई राजधानी काठमाडौं पुर्यायो । चलचित्र क्षेत्रमा चार दशक निरन्तर क्रियाशील भएँ, नेपाली चलचित्र क्षेत्रको विकास, रोजगारी सिर्जना र देशको राष्ट्रिय कोषमा न्युन भएपनि योगदान दिन सकेकोमा मलाई सन्तोष र गर्वको अनुभूति हुन्छ । विगत एक दशकदेखि निरन्तर राजनीतिक क्षेत्रमा सक्रिय छु। विराटनगरको उप प्रधानपञ्चबाट शुरु भएको मेरो राजनीतिक करियर चलचित्र क्षेत्रबाट अवकाश लिएपछि पुनः शुरु गरेको हुँ । मलाई विराटनगरले जन्म मात्रै दिएन, मेरो परिचय दिलायो, विराटनगरले मलाई लगाएको गुन र ऋण तिर्न बाँकी छ त्यसैले विराटनगरबाट नवीन अध्याय शुरु गर्दैछु । समृद्ध विराटनगर मेरो सपना मात्रै होइन संकल्प पनि हो ।
२। यथास्थितिबाट देश अघि बढ्न सक्दैन । क्रान्ति, परिवर्तन र आन्दोलनका नाममा हामीले धेरै वर्ष खेर फाल्यौं । तीस, चालिस वर्षअघि हामी सरह रहेका देशहरू अहिले विकास र आर्थिक दृष्टिकोणबाट धेरै अगाडि गइसके । हामी अझै पनि गरिबी, पछौटेपन, रोग, भोक, अशिक्षाको न्युनतम मापदण्डको सेरोफेरोमा छौं । यस्तो किन भयो रु के नेपालमा विकास, समृद्धि सम्भव छैन रु राप्रपाले बदल्न सम्भव छ भन्ने जागरणका साथ यो निर्वाचनलाई एउटा अवसरको रुपमा लिएको छ र आम मतदातालाई परिवर्तनको पक्षमा मतदान गर्न आव्हान गर्दछ ।
३। राप्रपाले यो निर्वाचनमा चमत्कारिक परिणाम निकाल्दैछ । सबै अनुमान र सतही सर्वेक्षण गलत सावित हुनेछन् । पुराना शक्तिहरुमाथि मतदाताको भरोसा टुटेको र नयाँ समुहसंग विश्वास पैदा नभइसकेको अवस्थामा यो निर्वाचन हुन गइरहेको छ । मतदाताको निर्विकल्प छनौट राप्रपा हो, राप्रपाले शासकीय स्वरुप, शिक्षा, स्वास्थ्य, न्याय, रोजगारी सिर्जना, पूर्वाधार निर्माण, विकास, समृद्धि जस्ता विषयमा जनता सामु भरपर्दो विकल्प अगाडि सारेको छ । इतिहासको सम्मान, धर्म, संस्कृति, परम्पराको संरक्षणको आवाज उठाउने एकमात्र पार्टी राप्रपा हो, जनताले राप्रपाको एजेन्डा मन पराएका छन् ।
राप्रपाले यसपटक प्रत्यक्षमा बीस भन्दा बढी सिट जित्छ, काठमाडौं उपत्यकामै पनि पहिलोपटक जित निकाल्दैछ, समानुपातिकमा राप्रपा पहिलो दल बन्छ । आगामी संसदमा राप्रपा निर्णायक र हस्तक्षेपकारी शक्तिको रुपमा आउनेछ ।
४। हामीले घोषणापत्र मै लेखेका छौं( राप्रपा सत्ता केन्द्रीत होइन आफ्नो मुद्दा केन्द्रीत हुनेछ । तर सरकारको नेतृत्व गर्ने अवसर आयो भने जनादेशको सम्मान गर्दै राप्रपा सरकारमा जान्छ र नेतृत्व गर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको आन्तरिक प्रतिस्पर्धामा समेत नेतृत्व परिवर्तन र पुस्तान्तरणको एजेन्डा सहित अध्यक्ष निर्वाचित भएर आउनुभएको छ । ठूला भनिने दल र नेताहरूको गलत नीति, गलत शैली, अकर्मण्यताका कारण आम युवा वर्गमा राजनीतिप्रति वितृष्णा जागिरहेको बेला राप्रपामा नेतृत्व परिवर्तन भएपछि आशा पलाएको मात्रै छैन युवाहरु राजनीतिमा समाहित हुने लहर चलेको छ । स्थानीय तहको निर्वाचन र अहिलेको निर्वाचनमा युवा उमेदवारीको आकर्षण राजेन्द्र लिङ्देनले राप्रपाभित्र नेतृत्व परिवर्तनका लागि गरेको संघर्ष र सफलताबाट सिर्जना भएको हो र यो निर्वाचनबाट सिङ्गो देशले नै नेतृत्व परिवर्तन चाहिरहेको अवस्था छ । आम जनसमुदायले राजेन्द्र लिङ्देनको नेतृत्व देख्न चाहिरहेका छन् । स्वभाविक रुपले राप्रपाले देशको नेतृत्व गर्ने अवस्था आउँदा अध्यक्षले नेतृत्व गर्ने हो, पार्टीले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको रुपमा अघि बढाउँछ । अबको प्रधानमन्त्री राजेन्द्र लिङ्देन हुन् ।
५। देशको मुहार बदल्न मतलाई मनसंग जोडौं । राप्रपाको हलो चिन्हमा मतदान गरी विराटनगरको सेवा गर्ने अवसर प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु ।
उद्धब पौडेल
राप्रपा नेता, कार्यसम्पादन समितिका सदस्य
प्रतिनिधि सभातर्फको समानुपातिक उमेदवार, राप्रपा ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved