कुर्मी र यादवलाई जिताउन बगहीका मतदाता उत्साहित

जसपा–एमाले गठबन्धनको प्रतिनिधीसभा सदस्य उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेशसभा सदस्य क्षेत्र २ (क) का उम्मेदवार रामनरेश यादव क्षेत्र नम्बर २ मा प्रभाव

  • कार्तिक २७, २०७९
  • कालापानी मिडिया
alt

वीरगञ्ज, २७ कात्तिक : जसपा–एमाले गठबन्धनको प्रतिनिधीसभा सदस्य उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेशसभा सदस्य क्षेत्र २ (क) का उम्मेदवार रामनरेश यादव क्षेत्र नम्बर २ मा प्रभावकारी बन्दै गएको छ । चुनावी घरदैलो अन्तर्गत वीरगञ्ज महानगरपालि वडा २८ मा कुर्मी र यादवप्रति जनलहर देखिएको हो । कुर्मी र यादवको संयुक्त टोली यतिबेला मतदाताको घरदैलोमा पुगेर मत माग्दै हिँडेका छन् ।

पर्सा क्षेत्र नं २ बाट गठबन्धनका साझा उम्मेदवार बनेका कुर्मी र यादवले मतदातालाई आफ्नो योगदानको स्मरण गराउन मतदाताको घरदैलोमा पुगेका हुन् । विकासका लागि अब जसपा–एमाले गठबन्धनको विकल्प नरहेको भन्दै प्रदेशसभा सदस्यका उम्मेदवार यादवले मतदातासँग छाता चुनाव चिन्हमा मतदान गर्न आग्राह गरे ।

पूर्वाधार, शिक्षा, स्वास्थ्य, बाटो निर्माण देखि लिएर महिला वालवालिका, जेष्ठ नागरिक र अपाङगता भएकाहरुको अधिकार संरक्षण गर्दै सशक्तिकरण गर्ने, सेवा प्रवाहलाई छिटो छरितो गर्ने लगाएका योजनाहरु सहित मतदाता संग मत माग्दै यादवले आफ्नो समूहलाई मतदान गर्न आग्रह गरेका थिए । घरदैलोका क्रममा स्थानीयले उम्मेदवारलाई स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए ।

चुनावी प्रचारका क्रममा वीरगञ्जज वडा नम्बर–२८ मा रहेको बगही, इनार्वा, दारदारर्वा लगायत क्षेत्रमा रहेका मतदातालाई भेट्दा आफू उत्साहित भएको कुर्मीले बताए ।

‘प्रचारका क्रममा वीरगञ्जको वडा नम्बर–२८ मा देखिएको उत्साहले हाम्रो मनोबल उच्च भएको छ, हामीले अब चुनाव जित्ने निश्चित भइसकेको छ,’ उनले भने ‘जसपा–एमाले गठबन्धनलाई चुनाव जिताउन वडा नम्बर–२८ का मतदाताले गरेको सत्कारले उत्साहित भएका छौं ।’ कुर्मी आईतबार बिहानैदेखि चुनावी प्रचारमा जुटेका थिए ।

यसअघि प्रचार प्रसारका क्रममा कुर्मी वडा १९ उदयपुरघुमी क्षेत्र पनि पुगेका थिए । जहाँ उदयपुरघुमीबासीले खुलेर साथ दिएका थिए । चुनावी प्रचारका क्रममा जसपाका जिल्ला सचिव तबरेज अहमद लगायत जसपा–एमाले गठबन्धन नेता तथा कार्यकर्ताको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

शालिन र इमान्दार ब्यक्तित्वको छबि बनाएका नेता कुर्मी युवादेखी बृद्धबृद्धासम्मको ढुकढुकी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved